बिर्तामोड , असोज २९ । कोरोना कहरका कारण लाग्न नसकेको गरामनी मेला दुई वर्षपछि यस वर्ष भव्य रुपमा लाग्ने भएको छ ।

बडादसैंको एकादशीको दिन सो मेला लाग्ने गरेको छ । यस वर्ष भव्य रुपमा मेला लगाइने बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले मन्दिर समितिले नै मेला लगाउन लागेको जानकारी दिए ।ऐतिहासिक , धार्मिक एवं पुरातात्विक महत्वको गरामनीको दुर्गा मन्दिरमा नवमीका दिन पुजा हुने गरेको छ । यस वर्ष नवमीका दिन त्यस मन्दिरमा अत्यधिक भक्तालुहरुको भीड रहेको थियो । त्यो हिसाबले मेलामा पनि भीड हुने अनुमान गरिएको छ । उहिले गरामनीमा पूर्वकै ठूलो दसैं मेला लाग्ने गरेको थियो । सन्थाल नृत्यको लागि समेत सो मेला प्रख्यात रहेको थियो ।तर ,अहिले मेला लाग्ने ठाउँको अभाव भएको छ । दुर्गा माविको खेलमैदानमा मेला लाग्ने गरेकोमा त्यहाँ घर टहरा निर्माण गरेपछि मेला लाग्ने ठाउँ नै छैन । मेला लाग्ने ठाउँलाई मास्दै लाँदा ऐतिहासिक गरामनी मेला संकटमा परेको वडाध्यक्ष कार्कीले बताए । यस वर्षको मेलामा सन्थाल नृत्य टोलीलाई पनि बोलाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्