राजगढ , असोज २९ । झापाको बाह्रदशी ३ राजगढमा राजवंशी चौक स्तम्भको अनावरण गरिएको छ ।

राजवंशी जातीय भेषभूषासहितको पुरुष र महिलाको आकृति भएको स्तम्भको प्रदेश सरकारका भूमि व्यवस्था , सहकारी तथा कृषि राज्यमन्त्री ज्ञानेश्वर राजवंशीले अनावरण गरेका हुन् । बाह्रदशी गाउँपालिकाको १४ लाख ५० हजार रुपैयाँको बजेटमा सो स्तम्भ निर्माण गरिएको थियो । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद पूर्णसिंह राजवंशी , नेकपा एमालेका अध्यक्ष केपी ओलीका सल्लाहकार असारु राजवंशी ,एमालेका केन्द्रीय सदस्य हरि राजवंशी , एमालेकै ओमनारायण राजवंशी , नेपाली काँग्रेसका रामप्रसाद दुलाल , नेपाल रेडक्रस सोसाइटी बाह्रदशीका दयानन्द गोस्वामी ,राजवंशी धर्म संस्कार समितिका लखनलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन श्याम राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्