झापा , असोज ३० । दुबईमा संचालित आईपीएल–२०२१ को उपाधि महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले जितेको छ ।

चौथो पटक च्याम्पियन बन्दै उसले दुई पटकको उपाधि विजेता कोलकाता नाइटराइडर्सलाई फाइनलमा सजिलै २७ रनले पराजित गरेको हो ।
यो जितसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई आईपीएलको दोस्रो सबैभन्दा सफल टीम बनेको छ । उसले चार पटक उपाधि जित्न सफल बनेको हो । जबकि मुम्बई इन्डियन्सले पाँच पटक उपाधि आफ्नो नाममा पारेको छ ।
गएराति दुबईमा खेलाइएको फाइनल खेलमा चेन्नईले कोलकाताको टीम सामु जितका लागि १९३ रनको लक्ष्य दिएको थियो । तर,उसले पुरै २० ओभर खेल्दै मात्र १६५ रन बनाउन सक्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्