झापा , असोज ३० । साफ च्याम्पियनसिपको फाइनलमा नेपालले आज भारतको सामना गर्दैछ ।

दक्षिण एसियाली फुटबलमा राज गर्ने भारतीय दौडको निरन्तरताविरुद्ध नयाँ विजेताको रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुन लागेको हो । भारतले विस्तारै शुरुवात गरे पनि फाइनलसम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।
नेपालको हकमा भने यो नेपाली फुटबलको निकै नै महत्वपूर्ण क्षणमध्येको एक हुनेछ। जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ ।
व्यग्र प्रतीक्षा गरिएको सो खेल आज राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्