झापा , असोज ३१ । इलामको माईजोगमाई गाउँपालिका वडा नं २ को घारेगाउँ भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

फाइल तस्वीर

आज बिहान ११ बजे नयाँ बजारबाट जोगमाई जाने क्रममा मे १ त ६८९० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । ट्रयाक्टर बाटोबाट करिब २० मिटर तल खसेको हो । ट्रयाक्टरमा सवार सोयाङ सिरिसेकी अन्दाजी ६६ बर्षिया मनमाया राईको घटनास्थलमै मृत्यु भएको माईजोगमाई गाउँपालिका २ का वडा सदस्य राजकुमार राईले जानकारी दिए । ती महिला माइत जान ट्रयाक्टरमा चढेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्