बिर्तामोड , असोज ३१ । नेकपा एकिकृत समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

मलामी पुगेर बाह्रदशीको चकचकीस्थित घर फर्कदै गर्दा उनी चढेको मोटरसाइकल आज साँझ बाह्रदशी ७ मा दुर्घटनामा परेको हो । बाटो काट्दै गरेकी बृद्धालाई जोगाउन खोज्दा उनी सवार मोटरसाइकल पल्टिएको थियो । घाइते रेग्मीको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको उनका भतिज तेजप्रसाद रेग्मीले बताए । घाइतेको अनुहारमा चोट लागेको र अबस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्