झापा , कातिक २ ।केही दिनदेखि आएको लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुर्याएको छ ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको १० देखि १५ प्रतिशत धान बालीमा क्षति पुगेको हो । यस वर्ष करिव ९० हजार हेक्टरमा धान बाली लगाइएको थियो । खासगरी पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा राखिएको धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले बताए । ‘ जिल्लाका सबै पालिकाहरुमा क्षति पुगेको छ’उनले भने ,‘ हावापानी नरोकिएकाले क्षति अझ बढ्न सक्छ ।’ मन्सुली , रंजित, आरपिजस्ता धानमा बढी क्षति पुगेको कृषि अर्थविज्ञ भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्