झापा , कात्तिक २ । केही दिनदेखिको अविरल हावापानीले मुख्य धानबालीमा क्षति पुगेकोले किसानलाई तत्काल राहतको घोषणा गर्न माग उठ्न थालेको छ ।

लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको छ ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले असमयको वर्षा र बतासका कारण कृषकको मुख्य बाली धानमा व्यापक क्षति पुगेकोले अप्ठ्यारोमा परेका कृषकहरूका लागि तत्काल राहतको घोषणा गर्न माग गरेका छन् ।उनले त्यसतर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले अविरल बर्षाका कारण धानबालीलगायत अन्य बालीहरु नष्ट हुँदा किसानहरु मारमा परेको भन्दै तीनै तहका स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पीडित किसानलाई राहत प्याकेजको ब्यवस्था गर्न माग गरेका छन् । त्यस्तै कुमार सिटौलाले स्थानीय सरकार,प्रदेश सरकार,केन्द्र सरकार सबैको ध्यान त्यतातिर जाओस् भन्दै बर्षभरि खाने अन्नको दुराबस्था भएकाले राहतको प्याकेज ल्याउने कुरामा सबै तहको सरकारको एकमत हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्