झापा, कात्तिक २ । नेकपा एमाले झापाले वडा र पालिका अधिवेशन गराउनका लागि १ सय ५ जना नेतालाई जिम्मेवारी दिएको छ ।

सोमबार बसेको जिल्ला सचिवालय बैठकले कात्तिक ६ गते हुने वडा अधिवेशन र ९ गते हुने पालिका अधिवेशनका लागि ती नेताहरुलाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
उनका अनुसार मेचीनगरमा हरिचरण बाँनियाको संयोजकत्वमा पाँचजना सदस्य, बुद्धशान्ति गाउँपालिकामा लक्ष्मीकुमार राईको संयोजकत्वमा तीनजना सदस्य, बिर्तामोड नगरपालिकामा रोमणी भट्टराईको संयोजकत्वमा सातजना सदस्यलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिकामा खगेन्द्र नेपालको संयोजकत्वमा पाँच जना सदस्य, कनकाई नगरपालिकामा हिरा थापाको संयोजकत्वमा चारजना सदस्य तोकिएको छ ।

यसैगरी झापा गाउँपालिकामा भक्तबहादुर बाँनियाको संयोजकत्वमा तीनजना सदस्य, भद्रपुर नगरपालिकाको संयोजकमा यामबहादुर श्रेष्ठसहित चार जना सदस्य रहेका छन् ।यस्तै हल्दीबारी गाउँपालिकामा हरिचरण शिवाकोटीको संयोजकत्वमा चारजना सदस्य छन् भने शिवसताक्षी नगरपालिकामा राजीव घिमिरेको संयोजकत्वमा चारजना सदस्यलाई जिम्मेवारी दिइएको छ ।
बाह्रदशी गाउँपालिकामा संयोजक पदम थापासहित दुईजना सदस्य छन् ।कमल गाउँपालिकामा मेनुका काफ्लेको संयोजकत्वमा चारजना सदस्यलाई जिम्मेवारी दिएको छ । गौरादह नगरपालिकामा दिपक कार्कीको संयोजकत्वमा पाँचजनालाई जिम्मेवारी तोकिएको छ ।
गौरीगञ्ज गाउँपालिकामा कैलाश मास्केको संयोजकत्वमा चारजना सदस्यलाई जिम्मेवारी दिइएको छ भने दमक नगरपालिकामा रोमनाथ ओलीको संयोजकत्वमा चारजना जिल्ला नेतालाई जिम्मेवारी दिइएको छ ।
कार्यालय सचिव शिव ढुंगेलका अनुसार पालिकाहरुमा पार्टीको कामलाई व्यवस्थित गर्न, पार्टी सदस्यता नविकरण गर्न, वडा कमिटी र पालिका अधिवेशनका लागि सहजीकरण गर्नका लागि जिल्ला नेताहरुलाई जिम्मेवारी दिइएको हो ।

बैठकले यही कात्तिक ७ गते माओवादी केन्द्र र अन्य पार्टी त्यागेर एमालेमा प्रवेश गर्न चाहनेहरुका लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रमको व्यवस्थापन गर्न प्रेम गिरीको संयोजकत्वमा बद्री भट्टराई, खगेन्द्र नेपाल र भुपेन्द्र न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्