झापा , कात्तिक २ । अबिरल बर्षाका कारण धरानमा घर पुरिँदा दुईजना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् । मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरेर १ तले टिनको छाना भएको घर पुरिदा घरभित्र रहेका दुई बालबालिका पुरिएका थिए ।
घटनालगतै उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बालबालिकालाई मृत अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्