झापा , कात्तिक २ ।दुई दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले गौरीगञ्ज १ का ४० घर डुबानमा परेका छन् ।

गौरीगञ्ज १ को झोडा होकलबारी बस्तीमा माइखोलाको बाढी आइ ४० घरपरिवार डुवानमा परेका हुन् ।
प्रभावित घरपरिवारका मानिसहरु सुरक्षित घरहरुमा गई बसेको र त्यस ठाउँमा दुवैतिरबाट खोला बगेको कारण तत्काल प्रहरी टोली जान सक्ने अबस्था नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस स्थानमा स्थानीयले प्रयोग गर्ने एउटा नाउ समेत खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

वडा सदस्य राजभक्त सुनुवारको घर

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्