झापा , कात्तिक ३ । लगातार वर्षाका कारण आएको बाढीले झापा जिल्लाका ३६१ घरपरिवारका एक हजार जनाभन्दा बढी विस्थापित भएका छन् ।

माई खोलामा आएको बाढीका कारण गौरीगञ्ज १ र २ का मात्र २ सय परिवारभन्दा बढी बिस्थापित भएका छन् । बाढीका कारण गौरीगञ्ज २ भाकुरमारी बस्ने गौरी ताजपुरिया , भैरवप्रसाद ताजपुरिया , सस्त ताजपुरिया, अमरलाल ताजपुरिया, खगेन्द्र ताजपुरिया, सूर्यनारायण राजवंशी, महेन्द्र राजवंशी, आलसिंह राजवंशी,श्याम राजवंशी, हंसनारायण राजवंशी, झड्कन ताजपुरिया, लेलु ताजपुरिया, काम्रो ताजपुरिया,सेल्ठु ताजपुरिया, अर्जुन ताजपुरिया,सबकलाल ताजपुरिया, आमासु ताजपुरिया, दिनानाथ ताजपुरिया, राजलाल ताजपुरिया, देवनारायण ताजपुरिया, श्यामनारायण ताजपुरिया, नदीम ताजपुरिया, जयवीर ताजपुरिया, नरेन्द्र ताजपुरिया ,जगत ताजपुरिया, सस्लाल ताजपुरिया, दुर्गाप्रसाद ताजपुरिया, तुराह ताजपुरिया,सपतलाल ताजपुरिया, पवन ताजपुरिया, नन्दलाल ताजपुरिया, मेगरू ताजपुरिया, आनन्दी ताजपुरिया,सुरेश ताजपुरिया, प्रताप ताजपुरिया, जयप्रकाश ताजपुरिया, शिवप्रकाश ताजपुरिया कृष्णप्रसाद ताजपुरिया,सागर ताजपुरिया,संखित ताजपुरिया, अनन्त राजवंशी, हंश राजवशी, रिठ्ठा राजवंशी, देवसरी राजवंशी, महेशलाल राजवंशी, तृपितलाल राजवंशीको परिवार बिस्थापित भएका हुन् । उनीहरु नजिकै रहेको सडक छेउको पेटीमा बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै गौरीगञ्ज होकलबारी बस्तीमा माइखोलाको बाढी पस्दा धेरै परिवार डुवानमा परेका छन् ।

त्यस्तै भद्रपुर ५ मेची किनारमा रहेको शान्ति टोल बस्ने तीन परिवार मेची नदीमा आएको बाढीले बिस्थापित भएका छन् । भद्रपुर ५ बस्ने प्रतिमा मण्डलको ६ जनाको परिवार, सतबीर सहनीको ५ जनाको परिवार र मालतीदेवी सहनीको एकजना गरी जम्मा १२ जना बिस्थापित भएका हुन् ।उनीहरुलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्धार गरी सार्वजनिक पाटी घरमा लगेर राखेको प्रहरीले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण झापा गाउँपालिका २ सुगाबथानमा ठूलो माईखोलाको पानीको बहाब बढेर ३ फिट पानी डुबान हुँदा ६ परिवार बिस्थापित भएका छन् । झापा गाउँपालिका २ बस्ने साला सोरेनको ४ जना, खुमन सोरेनको २ जना,मंगल टुडुको ४ जना, जेठा टुडुको ७ जना,सडकबारी बस्ने सन्तोष राजवंशीको ३ जना र कवि राजवंशीको ४ जनाको परिवार बिस्थापित भएका हुन् ।
ती घरपरिवारलाई छिमेकीको घरमा सारिएको ईलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । त्यस्तै झापा गाउँपालिका वडा नं ७ मदरगाछ तिनटोलीयामा माईखोलाको पानी अन्दाजी २ फिट पस्दा १६ घरपरिवारका ८३ जना बिस्थापित भएका छन् । ती परिवारका बृद्धबृद्धा र बालबालिका आफन्तको घरमा सुरक्षित स्थानान्तरण भई बसेको र अन्य सदस्यहरू आफ्नै घरमा रहेको प्रहरी चौकी शरणामतिले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक ७ पशुहाट पूर्वपट्टि खोला किनारमा रहेका ७ घर बगाएको छ । दमक ७ बस्ने पूर्णबहादुर श्रेष्ठको बाँसको बेरा टिनको छानो भएको एकतले घर, डम्बर श्रेष्ठको बाँसको बेरा टिनको छानो भएको एकतले घर, पबिमाया तामाङको बाँसको बेरा टिनको छानो भएको एकतले घर, खड्ग लिम्बूको बाँसको बेरा टिनको छानो भएको एकतले घर, जमुना लिम्बूको बाँसको बेरा टिनको छानो भएको एकतले घर, मित्रबहादुर तामाङको बाँसको बेरा टिनको छानो भएको एकतले घर र सुवास लिम्बूको बाँसको बेरा टिनको छानो भएको एकतले घर बगाएको हो ।साथै लिम्बूको ५ वटा सुँगुरको पाठा, ६ वटा हाँस र कुखुरा बगाएको छ ।
ती घरका मानिसहरुलाई आफन्तकोमा सारिएको र अन्य २० घर जोखिममा रहेकाले ती घरका मानिस तथा सामानहरुसमेत सुरक्षित रुपमा आफन्तकोमा सारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यस्तै अबिरल बर्षाका कारण शिवसताक्षी नगरपालिका ५भेलामुनी र वडा नं ६ शिबगंजका गरी १२ घर डुवानमा परेका छन् । शिवसताक्षी ५ बस्ने दुर्गा ताजपुरिया, दिवश भण्डारी,बंका टुडु, राजकुमार ताजपुरिया,बिपिन राई ,बोजनाथ बिमली,कृष्ण मैनाली,भूमि मैनाली, बहिन्द्र ताजपुरिया, बिष्णु प्रसाई , उमेश ताजपुरिया र सूर्य राजवंशीको घर डुबानमा परेको हो ।
ती घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय शिवगंजले जनाएको छ ।
त्यस्तै मेचीनगर ६ तुर्केनीपूर्व मेची खोलाको बगरमा बगर सम्याई खेती गर्दै आएका व्यक्तिहरूको अन्दाजी ७ कठ्ठा धानसहितको खेत खोलाले कटान गरेको छ । मेचीनगर ६ बस्ने मणिकुमार आचार्य, तिल बि.क., रंगलाल फुयल र बद्रि श्रेष्ठको धान खेत कटान गरेको हो ।
त्यहाँ मानवीय र चौपाया क्षति नभएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । जिल्लाका बिस्थापितहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले हिजैदेखि उद्धार र राहत कार्य जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्