झापा , कात्तिक ३ । सशस्त्र प्रहरीले खैरो हिरोइनसहित दुईजना शरणार्थीलाई पक्राउ गरेको छ ।

बुधबार साँझ ५.३० बजे मेचीनगर नगरपालिका वडा नं ७ सीमा ईलाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका दमक नगरपालिका वडा नं ३ भुटानी शरणार्थी क्याम्प बस्ने बलराम लिम्बु र मनकी राईलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरुको साथबाट करिब ४.१० ग्राम खैरो हिरोइन फेला परेको र आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्