झापा , कात्तिक ४,अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्।

डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन्। बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ। यति एयरले पनि आजका लागि निर्धारित पाँच उडान प्रभावित हुने जानकारी दिएको छ। विराटनगरका लागि कुनै पनि उडान हुने सम्भावना नरहेको यती एयरका प्रवक्ता सुदर्शन बटलाले जानकारी दिए। दुई दिनदेखि परेको पानी र केसलियालगायत खोलाको भेलले विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ।

विमानस्थलको टर्मिनल भवनमा पानी पसेको छ भने रनवेमा पनि पानी जम्मा हुँदा उडान प्रभावित बनेको हो।साथै बस्तीहरूमा बाढी पसेपछि घरहरू डुवानमा परेका छन्। रूख र घरका छतमा बसेका १६ जनालाई आज बिहान नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्