बाह्रदशी, कात्तिक ४ । प्रस्तावित बाह्रदशी जेसीज र बाह्रदशी मेडिकल सेन्टरको आयोजनामा बाह्रदशीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा २८७ जनाको आँखा जाँच गरिएकोमा ४३ जनाको आँखामा मोतिया विन्दुको समस्या देखिएकाले अप्रेशन गर्नुपर्ने देखिएको छ । जसमा ३७ जनालाई बिहीबार नै आँखा उपचारका लागि अस्पताल पु¥याइएको छ भने अन्यलाई उपचारका लागि लाने तयारी थालिएको आयोजकले जानकारी दिएको छ । आँखामा समस्या देखिएका सबै विरामीको निशुल्क उपचारको प्रबन्ध मिलाइएको शिविर आयोजक जेसीजका अध्यक्ष विगम श्रेष्ठले जानकारी दिए ।
प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठ र बाह्रदशी मेडिकल सेन्टरका संचालक महताव आलमको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्क फर नेपाल, हेल्पिङ हर्ट र विराटज्योति आँखा अस्पताल दमकको सहयोग रहेको थियो । कार्यक्रममा वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, विराट ज्योति आँखा अस्पतालका नेत्र अधिकृत मोति बराल, नेत्र सहायक भूपेन बराल, समाजसेवी बुधु राजवंशी, देवीप्रसाद गणेश, गौरीशंंकर पोद्धार, गुफरान अलीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्