झापा , कात्तिक ५ । बाढी पसेर अवरुद्ध विराटनगर विमानस्थल आज पनि नखुल्ने भएको छ । शनिबारबाटमात्रै खोल्ने तयारी गरिएको छ ।
केसलिया र विमानस्थल नजिकैको बासाहा धाद्रोको पानी विमानस्थलमा पसेपछि सबै उडान अवरुद्ध भएको थियो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बाढीमा फसेर विमानस्थलमै रहेका बुद्ध र श्री एयरका दुईवटा खाली जहाजलाई बिहीबार काठमाडौं पठाइएको छ । उनका अनुसार पानी पूर्ण रुपमा नसुकेकोले शनिबारबाट मात्र विमानस्थलमा उडान खोल्ने तयारी छ ।
अविरल वर्षासँगै बाढीको पानी विमानस्थलको रन वे, ट्याक्सी वे सहितका क्षेत्रमा पसेको थियो । विमानस्थलको रन वे सफा गर्ने कार्य सम्पन्न भइसकेको र पूर्ववत सञ्चालन गर्ने तयारी थालिएको विमानस्थल कार्यालयले जनाएको छ ।