झापा, कात्तिक ६ । बिर्तामोडका अधिकांश वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।

नेकपा एमालेको वडा अधिवेशन शुरु हुनुअगावै सर्वसम्मत नेतृत्व चयन गरिएको हो । वडा नं १ मा अग्नीप्रसाद पाण्डे , ३ मा कुमार बुढाथोकी ,४ मा अर्जुन खरेल , ५ मा लक्ष्मी बाँसकोटा , ६ मा आइतमाया शेर्मा लिम्बू , ७ मा केशव कार्की , ८ मा विष्णु भट्टराई , ९ मा विष्णुमाया अधिकारी र १० मा इन्द्र प्रसाईलाई अध्यक्ष बनाउने सहमति भएको एक जिल्ला सचिवालय सदस्यले बताए । बिर्तामोड २ मा भने सहमति जुटिसकेको छैन । वडा नं २ कमिटीको अध्यक्षमा टंक मैनाली , हेमराज ओली , भोला धिताल र छविलाल खतिवडाले दावी गरिरहेका छन् । उनीहरुबीच पनि सहमति गराउने प्रयास भइरहेको जनाइएको छ । वडाहरुमा अध्यक्षको टुंगो लागिसकेपनि अन्य पदाधिकारी र सदस्यहरुको बारेमा छलफल भइरहेको छ । देशभरि वडा अधिवेशन गर्नेक्रममा बिर्तामोडको १० वटै वडामा आज एमालेको वडा अधिवेशन तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्