झापा, कात्तिक ६ । नेकपा एमाले बिर्तामोड ५ को वडा कमिटी अध्यक्षमा लक्ष्मी बाँसकोटा निर्विरोध चयन भएका छन् ।

जारी अधिवेशनले बाँसकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कमिटीको अन्य पदाधिकारी र सदस्यमा भने सर्वसम्मत हुन नसकिरहेको जनाइएको छ । त्यस्तै वडा नं ६ मा आइतमाया शेर्मा लिम्बू अध्यक्षमा चयन भएकी छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा वीरबहादुर राई , सचिव सुधा आचार्य , उपसचिव टीका हस्दा र मदन रसाइली चुनिएका छन् । त्यस्तै वडा नं २ मा अध्यक्षको दावेदार ४ जना भएपछि सहमति जुट्न सकिरहेको छैन ।तर, उपाध्यक्षमा राजन सिलवाल , सचिवमा बालकृष्ण राजवंशी चयन भएका छन् । बिर्तामोडका अन्य वडामा पनि सहमतिको प्रयास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्