झापा , कात्तिक ७ । कन्काई नगरपालिका ९ लक्ष्मीपुरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट हिजो साँझ एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ ७.१० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१–०१–००१ ख ३५२० नं.को ट्रक र बिपरित दिशाबाट आईरहेको मे ५ प ८४७२ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा ३ बस्ने २७ वर्षिय निश्चल खनाल घाइते भएका थिए । टाउको, अनुहार तथा शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेका घाइतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा राति १०.२५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमै रहेको छ ।
दुर्घटनापछि ट्रक र ट्रक चालक बुद्धशान्ति ३ बस्ने ४४ वर्षिय लक्ष्मीप्रसाद शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्