झापा,कात्तिक ९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए । ‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौं । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ,’ ओलीले भने । उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताए । ‘बाँकी पार्टीहरू त साना तिना स्वार्थमा अल्झिएका छन् । जनताका लागि सोच्ने, लोकतन्त्र र संविधानको रक्षा र कार्यान्वयनका विषयमा सोच्ने एमालेमात्रै हो,’ ओलीले भने,‘विगतमा हाम्रो विरुद्ध षड्यन्त्र हुँदा पनि हामी जिम्मेवार भूमिकामा प्रस्तुत भयौं । फेरि पनि जिम्मेवार भूमिकामै हुनेछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्