भद्रपुर, कात्तिक ९ । भद्रपुर भन्सार कार्यालयको नयाँ भवन निर्माणका लागि २०७६ सालमा अधिग्रहण गरिएको जग्गाका धनीहरूले कवुल गरिएको मुआब्जा नपाएको भन्दै भन्सार परिसरमा तालाबन्दी प्रयास गरेका छन्


नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले २०७६ सालमा जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा रोक्काको सूचना जारी गरी मुआब्जा दिने निर्णय गरेको भएपनि दुई वर्ष पूरा हुँदा समेत पाउनु पर्ने क्षतिपूर्ति रकम नपाएको भन्दै पीडितले भद्रपुर भन्सार कार्यालयमा तालावन्दी प्रयास गर्दै नारावाजी गरेका हुन् ।मुआब्जा पीडित बसन्तराज तुलाधरको नेतृत्वमा भेला भएका पीडितहरूले जग्गा ओगट्ने भद्रपुर भन्सार कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेका थिए तर, भन्सार सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोलीले आन्दोलनकारीलाई मुख्य प्रवेशद्वारमा रोकेपछि त्यहीँबाट नारावाजी गर्दै आफ्नो घरजग्गाको मुआब्जा अविलम्व उपलब्ध गराउन दवाव दिएर घण्टौं धर्ना बसेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्