बिर्तामोड, कात्तिक ९ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्ष पदका लागि आकांक्षीको सँख्या बढेर १४ पुगेको छ ।
यसअघि अध्यक्ष पदमा ८ जनाले आकांक्षा राखेकोमा नगर अधिवेशनमा थप ६ जनाले समेत सोही पदमा दावी गरेका छन् । एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी र दुर्गाप्रसाद सिग्देल आकांक्षी देखिएका थिए । आजको नगर अधिवेशनमा सुरेन राजवंशी , छत्रबहादुर श्रेष्ठ , छविलाल खतिवडा , छविलाल विश्वकर्मालगायत गरी १४ जनाले अध्यक्ष मण्डलसँग नाम टिपाएका छन् । एक अध्यक्ष , एक उपाध्यक्ष , एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर समितिका लागि धेरैले आफ्नो नाम टिपाएका छन् । एक सचिव पदका लागि ४ जनाले आकांक्षा राखेका छन् । आकांक्षीहरुको नाम टिपिसकेपछि भोलि मनोनयन दर्ताको कार्यक्रम राखिएको जनाइएको छ । त्यसपछि सहमति हुन नसके पर्सि निर्वाचन हुने भएको छ ।