भद्रपुर , कात्तिक १० । नेकपा एमाले भद्रपुरको प्रथम नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी दिएका छन् ।

जगत न्यौपाने , लक्ष्मण पोखरेल , कालिचरण बस्नेत , ब्रम्हलाल ढुंगाना र लोकनाथ भट्टराईले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेद्वारी परेको छ । डिएल राजवंशी , कहरसिंह राजवंशी , निर्माण नेपाल , भीम केरुङ , गोमा घिमिरेलगायतले उपाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् । त्यस्तै सचिवमा ३ जनाको उम्मेद्वारी परेको छ । घनश्याम लकान्द्री , डिल्लीरमण नेपाल र रमेश आचार्यले सचिवमा उम्मेद्वारी दिएका हुन् । त्यसैगरी दुई उपसचिवमा ९ जनाको उम्मेद्वारी परेको छ । भद्रपुरमा एमालेको ७५ सदस्यीय नगर कमिटी निर्माण हुँदैछ । अधिवेशनमा करिब २५० नगर प्रतिनिधिले भाग लिदैछन् । हिजो उम्मेद्वारी दर्ता भएपछि आज दिनभरि सर्वसम्मतको प्रयास गरिने र आज नभए भोलि पनि प्रयास जारी रहने अध्यक्ष मण्डलका असारु राजवंशीले जानकारी दिए ।

त्यस्तै नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको अध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ । टंकप्रसाद आचार्य , दलबहादुर थापा , बुद्धराज कार्की , तोयानाथ पोखरेल , जयनारायण आचार्य , दिपेन्द्र बराल , धर्म उप्रेती र नवराज दाहालले अधयक्षमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्षमा गंगाराम धिताल र शेरबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । त्यसैगरी एक सचिव पदमा ४ जनाले दावी गरेका छन् । भक्तबहादुर लिम्बु ,रामप्रसाद सापकोटा , घनेन्द्रप्रसाद ढकाल र फणिन्द्रबहादुर कट्वालले सचिव पद रोजेका हुन् । त्यस्तै दुई उपसचिव पदका लागि ६ जनाले दावी गरेका छन् । गंगादेवी धमला , प्रेमबहादुर श्रेष्ठ , टंकमाया धिताल , भोला दंगाल ,शम्भुसिंह राजवंशी र मनबहादुर राजवंशीले सो पदमा दावेदारी प्रस्तुत गरेका छन् ।


त्यस्तै नेकपा एमाले कचनकवलको गाउँ कमिटी अध्यक्षका लागि ४ जनाले उम्मेद्वारी दिएका छन् । नवराज भट्टराई , भक्त घिमिरे, तिलबहादुर राई र हरि घिमिरेले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्षमा सुबल राजवंशी , धनलाल राजवंशी , चेतराज भट्टराईलगायत गरी ५ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी सचिवमा उमेश मिश्र , कुलबहादुर कार्कीलगायत ५ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी उपसचिवमा मेनुका ढुंगाना, जीवन ढुंगानालगायत ३ जनाले उम्मेद्वारी दिएका छन् । हिजो शुरु भएको गाउँ अधिवेशनले ७२ जनाको गाउँ कमिटी सर्वसम्मत निर्माण गरेको थियो । तर , पदाधिकारी चयन हुन बाँकी रहेको छ । भोलिसम्म सर्वसम्मत गराउने प्रयास गरिने र त्यस अवधिसम्म सर्वसम्मत नभए कात्तिक १३ गते निर्वाचन कार्यक्रम घोषणा गरिने अध्यक्ष मण्डलका अध्यक्ष बसन्त बानियाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्