अर्जुनधारा , कात्तिक १० । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा तीनजनाले उम्मेद्वारी दिएका छन् ।
प्रेमसागर सापकोटा , बलदेवसिंह गोम्देन र लोकनाथ गौतमले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै, उपाध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ । तुलसी श्रेष्ठ , चन्द्रकला राई , रोजिना पाण्डे , खगेन्द्र इङ्नाम ,दिलबहादुर सारु र लोकमान श्रेष्ठले उपाध्यक्षमा दावी प्रस्तुत गरेका हुन् । त्यस्तै सचिवमा नारायणप्रसाद पराजुली , लवकुश गौतम र राजेशकुमार आचार्यले उम्मेद्वारी दिएका छन् । त्यस्तै, दुई उपसचिव पदका लागि जनकलाल चम्लागाई , देवकुमार राई , कमलादेवी भण्डारी , दिलिप गुरुङ, राजकुमारी महतारा , रामप्रसाद आचार्य र सरिता भण्डारीले मनोनयन दर्ता गराएका छन् । हिजो उद्घाटन भएको प्रथम नगर अधिवेशनमा आज मनोनयन दर्ता गरिएको छ । सर्वसम्मतिमै नगर कमिटी चयन गर्नेगरी प्रयास जारी रहेको अध्यक्ष मण्डलका सदस्य नन्दलाल खतिवडाले बताए । अर्जुनधाराको नगर अधिवेशनमा २३१ जना नगर प्रतिनिधिले भाग लिएका छन् ।