बिर्तामोड, कात्तिक १० । सर्वसम्मतमा नेतृत्व चयन गर्ने नीति लिएको नेकपा एमालेलाई झापा जिल्लामा कठिन परेको छ । यसक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्ष पदका लागि आकांक्षीको सँख्या बढेर १४ पुगेकोमा बुधबार साँझ ५ जनामा झरेको छ ।

सर्वसम्मतमा नेतृत्व चयन गर्नका लागि ९ जना आकांक्षीले दावी छोडेका हुन् । सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल र कृष्णप्रसाद मिश्रले मात्र सो पदका लागि अडान छोडेका छैनन् । यसअघि एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी , दुर्गाप्रसाद सिग्देल, सुरेन राजवंशी , छत्रबहादुर श्रेष्ठ , छविलाल खतिवडा , छविलाल विश्वकर्मा, उपेन्द्रप्रसाद ओली र अर्जुनकुमार मैनाली गरी १४ जनाले अध्यक्ष मण्डलसँग नाम टिपाएका थिए । बुधबार साँझ भएको आकांक्षीहरुको सामूहिक छलफलमा १४ मध्ये ९ जनाले दावी छोडेको कार्यदल सदस्य बद्री भट्टराईले बताए ।

त्यस्तै उपाध्यक्ष पदका लागि ६ जनाले दावी गरेका छन् । पुष्पा दाहाल,हरिप्रसाद चौलागाई, ताराप्रसाद चापागाई , उर्मिला बिमली खरेल , तुलसा खरेल र कैलाशपति ओलीले उपाध्यक्षमा दावी गरेका हुन् । त्यस्तै सचिवमा शंकरराज ढुंगेल , शेखर कँडेल , राजु सिलवाल , रमेश खरेल र किशोर पौडेलले आकांक्षा व्यक्त गरेका छन् । त्यस्तै उपसचिवमा कान्तिबहादुर कार्की , प्रदीप खरेल , केशव भण्डारी , सोहनलाल राजवंशी , डिल्लीराम सुब्बा , प्रकाश लिङ्देन , टहलदास ओली , पदमसुन्दर कन्दङ्वा , ओसिम तामाङ, अच्युत ओझा ,मदन बुढाथोकी , अजयप्रकाश लिङ्देन , तिलक गजमेर , आरती श्रेष्ठ र विनोद दंगाल गरी १६ जनाले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्