प्रतिक्षा राजवंशी
झापा । यही कात्तिकको पहिलो सातामा आएको बेमौसमी वर्षा र हावाहुरीका कारण झापामा ३१ हजार २ सय ८ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमा क्षति पुगेको छ । जुन कूल धान बालीको ३५.७ प्रतिशत हो ।

यस वर्ष झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । बाढी र डुबानका कारण जिल्लाका १५वटा पालिकामध्ये सबैभन्दा बढी क्षति मेचीनगर नगरपालिकामा भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यहाँ ३ हजार ५ सय ८८ हेक्टर क्षेत्रफलमा लगाईएको धानबाली नष्ट भएको छ । जुन ५७.४ प्रतिशत हो । मेचीनगरमा ६ हजार २ सय ५५ हेक्टर क्षेत्रफलमा धानबाली लगाईएको थियो । त्यसैगरी बुद्घशान्ति गाउँपालिकामा २ हजार ३०० हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ४८८ हेक्टरमा क्षति पुगेको छ । जुन २१.२ प्रतिशत छ । त्यस्तै अर्जुनधारा नगरपालिकामा ४ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ९ सय ८४ हेक्टरमा क्षति पुगेको छ । जुन २०.४ प्रतिशत हो । त्यसैगरी बिर्तामोड नगरपालिकामा ५ हजार ७ सय २८ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ९ सय ४७ हेक्टरमा क्षति पुगेको छ । जुन १६.५ प्रतिशत हो । कन्काई नगरपालिकामा ५ हजार ९ सय ६ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये १ हजार ३ सय ५३ हेक्टरमा क्षति पुगेको छ । जुन २३.० प्रतिशत हो ।

त्यस्तै शिवसताक्षी नगरपालिकामा ७ हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ४ हजार हेक्टरमा क्षति पुगेको छ । जुन ५०.६ प्रतिशत हो । त्यस्तै कमल गाउँपालिकामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ९ सय ६० हेक्टरमा क्षति पुगेको छ । जुन १६.० प्रतिशत हो । दमक नगरपालिकामा १ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ६ सय ३० हेक्टरमा क्षति पुगेको छ । जुन ५३ प्रतिशत हो । गौरादह नगरपालिकामा ९ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ६ हजार हेक्टरमा क्षति पुगेको छ । जुन ६२ प्रतिशत हो । गौरीगञ्ज गाउँपालिकामा ५ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये १ हजार ९सय ७६ हेक्टरमा क्षति पुगेको छ । जुन ३५ प्रतिशत हो । त्यस्तै भद्रपुर नगरपालिकामा ४ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये १ हजार ५ सय १७ हेक्टरमा क्षति पुगेको छ । जुन ३२ प्रतिशत हो । त्यस्तै हल्दीबारी गाउँपालिकामा २ हजार ३ सय ६ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये १ हजार २ सय हेक्टरमा क्षति पुगेको छ । जुन ५२ प्रतिशत हो । बाह्रदशी गाउँपालिकामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये १ हजार ५ सय हेक्टरमा क्षति पुगेको छ । जुन २५ प्रतिशत हो । त्यस्तै कचनकवल गाउँपालिकामा ९ हजार ४ सय ७२ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये ३ हजार ७ सय ८९ हेक्टरमा क्षति पुगेको छ । जुन ४० प्रतिशत हो । झापा गाउँपालिकामा ९ हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालीमध्ये २ हजार २ सय ७६ हेक्टरमा क्षति पुगेको छ । जुन २४ प्रतिशत हो ।
त्यसैगरी अविरल वर्षा र हावाहुरीले तरकारी र फलफूल बालीमा समेत क्षति पुगेको छ । मेचीनगरमा ८५० हेक्टर क्षेत्रफलमा लगाएको तरकारी बालीमध्ये ८५ हेक्टरमा क्षति पुगेको छ । जुन १० प्रतिशत हो । बिर्तामोडमा ९२ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी बालीमध्ये ३२ हेक्टर क्षति भएको छ । जुन ३४.८ प्रतिशत हो । शिवसताक्षीमा ४१ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी बालीमध्ये २८.५ हेक्टरमा क्षति भएको छ । जुन ६९.५ प्रतिशत हो । शिवसताक्षीमा ६० प्रतिशत च्याउ पनि नष्ट भएको छ । दमकमा २०४१ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी बालीमध्ये ७.८ हेक्टरमा क्षति भएको छ । जुन ३९ प्रतिशत हो । बाह्रदशीमा ५०० हेक्टर क्षेत्रफलमा लगाएको तरकारीमध्ये ६० हेक्टरमा क्षति भएको छ । जुन १२ प्रतिशत हो । बाह्रदशीमा केरामा १७.५ प्रतिशत क्षति भएको छ । कचनकवलमा २० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बालीमध्ये १ हेक्टरमा क्षति भएको छ । जुन ५ प्रतिशत हो । भद्रपुरमा १० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बालीमध्ये २ हेक्टर क्षति भएको छ । जुन २० प्रतिशत हो । गौरीगञ्जमा २० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बालीमध्ये ७ हेक्टरमा क्षति भएको छ । जुन ३५ प्रतिशत हो । त्यस्तै गौरादहमा १५ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बालीमध्ये १० हेक्टर क्षति भएको छ । जुन ६७ प्रतिशत हो । साथै च्याउमा १५०० पोका नष्ट हुँदा उखु ५ हेक्टर लगाएकोमा ०.३३ हेक्टर र केरा २६० बोटमा क्षति भएको छ ।
यही प्राकृतिक प्रकोपले गर्दा संस्थाहरुबाट प्राप्त बीउबिजन तथा बालीहरुमा समेत क्षति पुगेको छ । दमक ९ मा रहेको शान्ति कोल्ड स्टोरमा आलुको बीउ ४ हजार ४ सय ३४ बोरा नष्ट भएको छ । मेचीनगर ७ को मेची कृषक बहुमुखी सहकारी संस्था लि.को धानको बीउ ५३ हेक्टरमा क्षति पुगेको छ । साथै कमल २ को आई.पि.एम.कृषि सहकारी संस्था लि.को खयन आलु ०.३३ हेक्टर र तरकारी ०.६६ हेक्टरमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्