बिर्तामोड , कात्तिक ११ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ ।

निर्वाचनका लागि मनोनय दर्ता गरिएको छ। सबै पदमा उम्मेद्वारी दर्ता भएको छ । बिर्तामोड नगर कमिटीको अध्यक्ष पदमा ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सुवास भट्टराई, , नगेन्द्र संग्रौला, उमानाथ ओली र कृष्ण मिश्रले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।
नगर अध्यक्षका लागि १४ जना आकांक्षी थिए । त्यसमध्ये १० जना बुधबार साँझ पछि हटेपछि बिहीबार विहान आइपुग्दा थप १ जना वर्तमान उपाध्यक्ष नन्दलाल खरेलले समेत अध्यक्षमा उम्मेद्वारी नदिने भएपछि ४ जनाले मात्रै उम्मेद्वारी दिए । यस्तै, उपाध्यक्ष, सचिव, उपसिचवमा ५ जनाभन्दा बढीको उम्मेद्वारी परेको छ । निर्वाचन समयभन्दा अघि सहमति जुटेन भने बिर्तामोड एमालेमा निर्वाचन हुने निश्चित भएको छ । तर कार्यकर्ता पंक्तिबाट सर्वसम्मत नेतृत्व चयन गर्न दवाव आइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्