बिर्तामोड , कात्तिक १२ । बिर्तामोड नगरपालिका ८ नम्बर वडा कार्यालयले अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।

वडाका ५६ जना अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई ब्याङ्केट वितरण गरिएको वडाध्यक्ष अजय कार्कीले बताए ।वडाको बजेटबाटै आफ्ना नागरिकलाई सहयोग गरिएको उनले बताए ।
एक लाख मूल्य बराबरको सामग्री वितरण गर्दै अध्यक्ष कार्कीले वडाका नागरिकलाई जाडो ,उपचार ,खान र बस्न समस्या नहोस् भनेर न्यानो लुगा वितरण गरिएको र आफ्ना नागरिकलाई कुनै समस्या परे सहयोग गर्न वडाबाट सकिएन भने ब्यक्तिगत भएपनि सहयोग गर्ने बताए । न्यानो कपडा पाएसंगै उनीहरुले खुशी ब्यक्त गरे । ‘सहयोग पाएका छौं सरकार भएको महसुस भएको छ, हामीले नमागे पनि आफै बुझेर सहयोग गर्नु भएको छ’ स्थानीयले भने । यसअघि दशैँको पूर्वसन्ध्यामा वडाका१५ जना विरामीलाई जनही ५ हजारका दरले वडा कार्यालयले उपचार खर्च सहयोग गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्