बिर्तामोड, कार्तिक १२।पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल)ले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । केही समयभित्रै एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गर्ने उनले जानकारी दिएका छन् ।
१८ वर्षदेखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेका ढकालले पत्रकारको दिगो विकास र पत्रकार हितका लागि सहयोग प्रदान गर्न लागेको बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष एकराज गिरीले जानकारी दिए । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।