भद्रपुर, कात्तिक १२ । नेकपा एमाले भद्रपुर नगर कमिटीको अध्यक्षमा व्रम्हलाल ढुंगाना विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणना अनुसार लक्ष्मण पोख्रेललाई पराजित गरी ढुंगाना नगर अध्यक्षमा विजयी भएका हुन् । ढुंगानाले १६६ मत पाउँदा पोख्रेलले मात्र ३१ मत ल्याएका छन् । त्यस्तै सचिवमा घनश्याम लकान्द्री १२५ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रमेश आचार्यले ४१ मत पाएका छन् । त्यस्तै डिल्लीरमण नेपालले १५ मत ल्याएका छन् । उपसचिवमा १७१ मत ल्याई किरण कार्की र १४३ मत ल्याई कौशिला अधिकारी विजयी भएका छन् । यसअघि उपाध्यक्षमा भीम केरुङ सर्वसम्मत भएका थिए । निर्वाचनमा २०४ मत खसेको थियो ।