झापा , कात्तिक १२ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।

यसक्रममा भद्रपुर ४ का ५० वर्षिय एक व्यक्तिको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र भद्रपुर वडा नं ४ का वडा सदस्य जीवन राजवंशी रहेका छन् । उनी विगत केही दिनदेखि कोरोना संक्रमण भई मेची अस्पतालमा उपचाररत थिए । झापामा हालसम्म कोरोना संक्रमणबाट ५०९ जनाको मृत्यु भइसकेको छ । जिल्लामा शुक्रबार ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्