बिर्तामोड, कात्तिक १३ । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपूर्जा वितरण गरिने बताएका छन् ।

उनले गतिशील काम गर्न नसकेको केपी ओली नेतृत्व सरकारको आयोगले भूमिहीनलाई लालपूर्जा दिन नचाहेको आरोप लगाए । उनले ओली नेतृत्व सरकारको आयोगको थुप्रै कमजोरी प्रस्तुत गर्दै भने ‘ ओली आयोगले नगरेपछि अब यो आयोगले माघ मसान्तभित्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्छं ।’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको आयोजनामा शनिवार बिर्तामोडमा भएको भूमि समस्या तथा समाधान विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै खड्काले भर्खरै बनेको आयोगले गर्न लागेको काम कार्वाहीबारे जानकारी दिए ।
पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धर्मशिला चापागाईको बिशेष आतिथ्य रहेको थियो ।
अन्तक्र्रिया कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोग झापाका पूर्व अध्यक्ष अरुण श्रेष्ठ, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य ताराप्रसाद उपाध्याय, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सदस्य हरि निरौला, अखिल नेपाल सुकुम्बासी संघ झापाका ज्ञानबहादुर थापा मगर, पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईलगायतले भूमि समस्या तथा समाधानका बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य गगन पुरी, सरु न्यौपाने, बोधराज दाहाल, भुपाल सापकोटा, पूर्णसिंह राजवंशी, झापा कार्यालय सदस्य मोहन टुडुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए । त्यसैगरी राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष खड्काको प्रमुख आतिथ्यमा अखिल नेपाल सुकुम्बासी संघ ५ नं क्षेत्रीय समितिले पनि दमकमा भूमि समस्यासम्बन्धी अन्तरक्रिया गरेको थियो ।