भद्रपुर, कात्तिक १३ । नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा समितिले बडादशैं, तिहार तथा छठ पर्वको अवसर पारेर चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा समितिका सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका अग्रज कार्यकर्ता एवम् नेतृत्व लिएर योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस अवसरमा नेकपा एमालेलगायतका दल छोडेर आएका एक सय ५ जनालाई सदस्यता प्रदान गर्दै स्वागत गरिएको थियो । नवप्रवेशीहरूलाई प्रवक्ता शर्माले सदस्यता प्रदान गरेका थिए ।
वडा उपसभापति ईश्वरीप्रसाद पोखरेलले स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, सचिव प्रेम सम्वाहाम्फे, मेचीनगरका निवर्तमान सभापति इन्द्रबहादुर बुढाथोकी, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, तरूण दल झापा सभापति गोपाल तामाङलगायतले शुभकामना मन्तव्य राख्दै नेपाली काँग्रेसले समाजवादी नीति लिएर अगाडि बढेकाले नेताकार्यकर्ता सवैले पालना गर्दै एकताबद्ध हुन आव्हान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्