झापा , कात्तिक १३ । अग्रज रेडक्रसकर्मी स्वर्गीय रेवतीरमण नेपालको संझनामा अक्षयकोष स्थापना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य नेपालको प्रथम पुण्यतिथिमा परिवारका तर्फबाट प्रत्येक बर्ष झापा रेडक्रसको वार्षिक साधारणसभामा उत्कृष्ट स्वयंसेवकलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिएको हो । दुई बर्षभित्रमा ५ लाख रुपैयाँको अक्षय कोष पुर्याउने प्रतिबद्धताका साथ परिवारले २ लाख रुपैयाँ हस्तान्तरण गरेको रेडक्रसका झापा सभापति लोकराज ढकालले बताए । उनले अब झापा रेडक्रसले अरु केहि रकम थप गरेर कोष निर्माण गरी कार्यबिधि अनुसार सो वापत आउने ब्याजबाट प्रत्येक बर्ष जिल्लाका एक स्वयंसेवकलाई पुरस्कृत गरिने जानकारी दिए ।शालिन एवं भद्र स्वभावका पोखरेलको गत वर्षको कात्तिक २४ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्