भद्रपुर , कात्तिक १३ । नेकपा एमाले कचनकवल गाउँ कमिटीको अध्यक्षमा नवराज भट्टराई सर्वसम्मत भएका छन् ।

एमाले कचनकवलको प्रथम गाउँ अधिवेशनको उद्घाटनकै दिन सर्वसम्मतले ७२ सदस्यीय समिति चयन गरिएको थियो । यद्यपि पदाधिकारी बाँडफाँड गर्न बाँकी रहेको थियो । अध्यक्ष मण्डलले सर्वसम्मतमा अध्यक्षको टुगो लगाएको हो । अन्य पदाधिकारीहरुको पनि टुंगो लागिसकेको र सचिवमा भने बाँकी रहेको जनाइएको छ । आइतबार बिहान बैठक बस्ने गरी सम्पूर्ण गाउँ कमिटीको टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्