झापा ,कात्तिक १४ । अर्जुनधारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडकखण्डमा कालिखोलाको कल्भर्टमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् । हिजो राति साढे ९ बजे पश्चिमतर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाएलगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो । अस्पताल पु¥याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्