भद्रपुर , कात्तिक १४ । नवराज भट्टराई अध्यक्ष चयन भएको नेकपा एमाले कचनकवल गाउँ कमिटीको अन्य पदमा पनि सर्वसम्मत भएको छ ।

एमाले कचनकवलको प्रथम गाउँ अधिवेशनको उद्घाटनकै दिन कात्तिक ९ गते सर्वसम्मतले ७२ सदस्यीय समिति चयन गरिएको थियो । यद्यपि पदाधिकारी बाँडफाँड गर्न बाँकी रहेको थियो । अध्यक्ष मण्डलले सर्वसम्मतमा अध्यक्षसहित सबै पदको टुगो लगाएको हो । नवराज भट्टराई अध्यक्ष रहेको गाउँ कमिटीको उपाध्यक्षमा चेतराज भट्टराई , सचिव दुर्गा थापा, उपसचिव सुवल राजबंशी सर्वसम्मत चयन भएका छन् । एकजना महिला उपसचिव खाली राखिएको अध्यक्ष मण्डलका बसन्त बानियाँले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्