भद्रपुर, कात्तिक १५ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी बैशाखसम्ममा मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा सहज वितरण हुने बताएका छन् ।

झापा आइपुगेका मन्त्री चौधरीले झापा क्षेत्र नम्वर ३ अन्तर्गतका विभिन्न अलपत्र खानेपानी आयोजनाको स्थलगत अनुगमनका क्रममा गत भदौको बाढीले क्षतिग्रस्त भएको मेलम्ची आयोजनाको क्षति यकिन भइसकेकाले पुनर्निर्माण तीव्र पारिने भन्दै बैशाखमा काठमाण्डौमा पानी आइपुग्ने दावी गरेका हुन् ।
चौधरीले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका पालामा निर्माण सुरू भएका तर ओली सरकारका पालामा स्वामित्व ग्रहण नगरिँदा अलपत्र परेका आधा दर्जनबढी खानेपानी आयोजनाको स्थलगत अनुगमन गरी निर्माण सुचारूको प्रतिबद्धता जनाएका छन् ।
खानेपानी संस्थान भद्रपुरबाट स्थलगत अनुगमनमा निस्किएका मन्त्री चौधरीले दिनभर झापा क्षेत्र नम्वर ३ अन्तर्गतका पृथ्वीनगर, बनियानी, बालुवारी, केचना, पथरिया, राजगढ, डाँगीवारी , हल्दिवारीलगायतका स्थानमा अलपत्र रहेका खानेपानी आयोजनाको अवस्थाबारे जानकारी लिएर समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्