बिर्तामोड , कात्तिक १६ । कनकाईमा करेन्ट लगाई माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे कनकाई १ प्रजापतिमा रहेको रेडक्रस भबन छेउको भष्मे पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा कन्काई १ बस्ने ५२ वर्षिय बेनुप्रसाद उप्रेतीको मृत्यु भएको हो । करेन्ट लागेर मृत अबस्थामा रहेको भनी स्थानीयहरुले ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएका थए ।
सम्पुर्ण कानुनी प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्