हल्दिवारी , कात्तिक १६ । नेकपा एमाले हल्दिवारीको अध्यक्षमा त्रिलोचन सापकोटा सर्वसम्मत चयन भएका छन् ।

हल्दिवारी गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै कमिटीको उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटी सर्वसम्मत चयन भएको सहजीकरण समितिका सदस्य नरेश चुडालले बताए ।
गाउँ कमिटीको ७५ सदस्यीय कमिटी नै सर्वसम्मत भएको जनाइएको छ । अध्यक्षमा सर्वसम्मत भएका सापकोटा हल्दिवारी १ का वडाध्यक्ष हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्