झापा , कात्तिक १६ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड ३ निवासी महेन्द्र पोखरेल र पवित्रा पोखरेलले आफ्नो छोरा सुरज किरणको जन्मदिनको अवसरमा ११ हजार ५ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

सामाजिक तथा धार्मिक ब्यक्तित्व पोखरेलसहित उनकी श्रीमती पवित्रा तथा छोरा सुजन किरणले मंगलबार एक संक्षिप्त कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशब भट्टराईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सहयोग प्रदान गर्दै पोखरेलले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी पत्रकारको दिगो विकासमा केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको बताए ।
कार्यक्रममा पत्रकारहरू सन्तोष न्यौपाने, रन्जित परियार , विजय बरालको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको संचालन महासंघ झापा शाखाकी कार्य समिति सदस्य सुनिरा मैनालीले गरेकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्