बिर्तामोड, कात्तिक १७ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई भारी मतले निर्वाचित भएका छन् ।

पुराना नेता उमानाथ ओलीलाई १३७ मतको फराकिलो अन्तरले पराजित गरी युवा नेता भट्टराई निर्वाचित भएका हुन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी ओलीले मात्र १४० मत प्राप्त गरे ।
त्यस्तै नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् । उनका प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् । यस्तै, सचिवमा शेखर कँडेल २१६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ मत प्राप्त गरेका छन् । उपसचिव पदमा प्रकाश लिङ्देन १७९ र मदन बुढाथोकी १७० मतसहित निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जनाबीच निर्वाचन भएको थियो । उपसचिवका पराजित उम्मेद्वारहरु डिल्ली सुब्बा १६९, प्रदिप खरेल ८२, कान्तिबहादुर कार्की ३४, केशव भण्डारी ६१, पारस संग्रौला ८३ र ताराप्रसाद चापागाईले ३६ मत पाएका छन् ।यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर भट्टराई निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गराइने अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्