झापा , कात्तिक १७ । भारतबाट भित्र्याउन लागेको ८ लाख मूल्यबढीको पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट पारेको छ ।

विभिन्न मितिमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापा तथा मातहतका बोर्डर आउट पोष्टहरुबाट खटिएको टोलीले अन्दाजी ८ लाख २० हजार ५ सय मूल्य बराबरको जगमग, सानो चकलेट, ठुलो चकलेट, खोर्सानी , झिरझिरेलगायत विभिन्न किसिमका पटकाहरु बरामद गरेको थियो । ती पटाका स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारहरुको रोहबरमा बुधबार हेडक्वाटर झापाको कार्यालय परिसरभित्र खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्