सुरेश आले “सर्जु’
बिर्तामोड , कात्तिक १८ । बिर्तामोडमा होटल खोलिने क्रम बढ्दो छ । साना होटल रेस्टुुरेन्टदेखि तारे होटलसम्म लन्च भएका छन् । पछिल्लो समयमा पव एण्ड बार, लाउन्ज एण्ड बार, दोहोरी, लाईभ म्यूजिक, कटेज, होमस्टे, प्लाजा आदि थपिएर होटल व्यवसाय धेरैको आकर्षणको केन्द्र बनेको छ । यस अवधिमा ग्राहकले जस्तो प्रकारको खानेकुरा चाहे सोही अनुसारको खानेकुरा पस्किन होटल संचालक पछि परेका छैनन् । सामान्य लगानीदेखि ठुला लगानीकर्ताहरु समेत यस क्षेत्रमा आकर्षित बन्दैछन् ।

बिशेष गरेर थकाली खाना पस्कने प्रायः होटल रेस्टुुरेन्ट बिर्तामोडमा दिनदिनै परिचित बन्दै गैरहेको छ । हुन पनि , मौलिक नेपाली खानामा थकाली सेटको चर्चा बिर्तामोडमा अत्यधिक बढेको छ । सामान्य होटलहरुमा बिरलै पाईने थकाली सेट बिर्तामोडका मध्यम खाले रेस्टुुरेन्टहरुमा प्रशस्त पाइन्छ । ग्राहकहरुले पनि बिर्तामोडको थकाली खानालाई रुचिपूर्वक ग्रहण गर्ने गरेको होटल संचालकहरुले बताएका छन्
बिर्तामोड पश्चिम बस स्टेन्डको उत्तरतर्फ खोलिएको भेटघाट रेस्टुुरेन्ट एण्ड बार यसको अनुपम उदहारण हो । आजभन्दा २ बर्ष अगाडी खोलिएको भेटघाट रेस्टुुरेन्ट एण्ड बारले अहिले थकाली खानालाई नै प्राथमिकतामा राखेको रेस्टुरेन्टका संचालकद्वय निरज पाठक र प्रकाश सिटौलाले बताए । दुवै जनाको अथक प्रयासले बिर्तामोडलाई थकाली खानामा परिचित बनाउने प्रयास गरेको उनीहरुको भनाई छ ।

होटल खोलिने क्रम बढ्दै रहेको समयमा शुरुमा यस होटलको नाम क्यारभान राखिएको थियो । पछि आफ्नै नेपाली पाराको मौलिक भेटघाट नामबाट हाल यो होटल रेस्टुुरेन्ट संचालनमा छ । होटल क्षेत्रमा प्रबेश गर्न अध्ययन साथै कुशल ब्यबस्थापन जरुरत पर्ने निरजको अनुभव छ । निरजले होटल मेनेजमेन्ट बिषयमा अरनिको होटल मेनेजमेन्ट कलेजबाट +२ को अध्ययन सकेर स्नातक आई. एच. टी. काठमाडौँबाट गरेका हुन् । त्यसपछि याक एण्ड यति काठमाडौँ र भिनान्त बैताज केरलाबाट ६–६ महिनाको तालिम सकेर ग्रान्ड प्यासिफिक होटलमा २ बर्ष रोजगारी गरी यो होटल तथा रेष्टुुरेन्ट संचालनमा ल्याएको उनले बताए । भेटघाट ब्रान्डबाट नेपालमा निकै होटलहरु चर्चित बनेको अर्का संचालक प्रकाशको भनाई छ ।

होटल ब्यबस्थापन बिषयमा निरजले आठ वर्ष बिताएका छन् । आठ बर्षको अध्ययनपश्चात् उनले ग्राहक वर्गलाई सेवा प्रदान गर्ने बाटो यस भेटघाट रेस्टुुरेन्ट एण्ड बारले जुराएको छ । शुरुका दिनमा होटललाई ट्रयÞाकमा ल्याउन निकै गाह्रो परेको थियो । पछि समय संगसंगै होटलले आफ्नो ट्रयाक समाएपछि प्रकाश र निरज खुशी देखिन्छन् । रोजगार लिन र दिन दुवै कठिन परिस्थितिमा आफूलगायत ६–७ जनाले रोजगारी पाएको उनीहरु बताउँछन् । करिव ६० लाख रुपैयाँ लगानी गरिएको होटलमा लजिङ फुडिङको ब्यबस्था समेत रहेको छ । थकाली किचनमार्फत भेज थाली, चिकेन थाली, मटन थाली, लोकल चिकन थालीलगायत मोमो, चाउमिन, फ्राई राईस, सेकुवा, बिर्यानी, इन्डियन, साउथ इन्डियनलगायत होटलमा आफ्नै बार समेत संचालनमा छ ।
भेटघाट रेस्टुुरेन्ट एण्ड बारमा क्याबिन, बर्थ डे हल, साथै लजिंङको १० वटा रुम समेत रहेको छ । तीनवटा वातानुकुलित र अन्य साधारण रुम छन् । राम्रोसंग होटल संचालन गर्न सकेको अवस्थामा मासिक खर्च कटाएर राम्रै आम्दानी गर्न सकिने संचालक प्रकाशले बताए ।
आफूले चाहेकोभन्दा पनि ग्राहकले चाहेको परिकार पस्कनु पर्ने उनीहरुको बाध्यता छ । त्यसो हँुदा ग्रिल मेशिन, सोरमा मेशिन, नान भट्टी थन्क्याएर राख्नु परेको निरजले बताए । यी परिकारहरु हाल उनीहरुको रेस्टुुरेन्टले दिन सकेको छैन ।
झापा भित्रने आन्तरिक पर्यटकलाई उनीहरुले लक्षित गरेका छन् । ग्राहकहरुलाई सेवा दिदै भेटघाट रेस्टुुरेन्ट एण्ड बारलाई कसरी अझ उत्कृष्ट बनाउने सोंचमा लागेको दुवै संचालकको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्