बिर्तामोड , कात्तिक १८ । शिखर बचत तथा ऋण सहकारी संस्थाको भवन उद्घाटन भएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं १ इटहरीका प्रमुख बलराम निरौलाले संस्थाको भवन आज उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले आफ्नै भवनबाट सदस्यलाई सेवा प्रवाह गर्ने शिखर साकोसको सपना पूरा भएकोमा बधाई दिदै आगामी दिनमा सदस्यहरुलाई थप समृद्ध बनाउनेतर्फ अग्रसर हुन सुझाव दिए । उनले बैकिङ र वित्तीय कारोवार भिन्नाभिन्नै पाटो भएकाले शिखर साकोसलाई तत्काल लकर सेवा संचालन नगर्न आग्रह गरे । त्यसका लागि विनियममा व्यवस्था गरिनु पर्ने उनले बताए ।

बिर्तामोडको भद्रपुर रोडमा २०७७ साल असोज १ गते २९२.२० वर्गमिटर क्षेत्रफलमा साढे तीन तलासहितको भवन २ करोड १८लाख ४० हजार एक रुपैयाँमा संस्थाले खरिद गरेको थियो । संस्थाका अध्यक्ष दिपेन्द्र राउतले संचालन गरेको कार्यक्रममा बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई , अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई , धौलागिरी पारिजात साकोसका अध्यक्ष कृष्ण पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्