कुमरखोद , कात्तिक १९ । नेपालीहरुको महान पर्व विजयादशमी , शुभदीपावली र छैठ पर्वको अवसरमा झापा गाउँपालिकामा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

वडा नं २ मा रहेको जोरमाई युवा क्लव सडकवाडीको आयोजनामा जुडो प्राथमिक विद्यालयको खेल मैदानमा कात्तिक २१ गतेदेखि २४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा आयोजकसहित जिल्लाका ८ वटा टिमले भाग लिने भएका छन् । प्रतियोगितामा आयोजक ,डाँगीवारी एफसी , अल ईन वान सैनिकमोड , सुरुङ्गा युवा क्लव कन्काई , द हन्टर गौंरीगंज , जलथल एफसी , शिवसतासी युवा क्लव शिवसतासी र सयपत्री युवा क्लव अर्जुनधाराको सहभागिता रहने क्लवका सचिव टेकबहादुर कार्कीले बताए । दैनिक दुई खेल हुने तालिका रहेको छ ।

खेल दिउँसो १ बजेदेखि शुरु हुने क्लवका अध्यक्ष बाबुराम लिम्बुले जानकारी दिएका छन् । अध्यक्ष लिम्बुले प्रतियोगिता संचालन गर्नका लागि झापा गाउँपालिकाले आर्थिक सहयोग गर्ने बताए । प्रतियोगिताका प्रथम विजेता टिमलाई ५१ हजार नगद , ट्रफी , मेडल, उपविजेता टिमलाई ३१ हजार नगद , ट्रफी र मेडल प्रदान गरिने क्लवका सचिव कार्कीले बताए । प्रतियोगितामा बेस्ट प्लेयर , हाईस्कोरर , बेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउने भएका छन् ।
पहिलो दिन दिउँसो १ बजे डाँगीवारी एफसी र अल ईन वानबीच र त्यसैगरी २ बजे द हन्टर गौंरीगंज र शिवसतासी युवा क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले प्रतियोगिता उदघाट्न गर्नेे आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्