झापा , कात्तिक २० ।पश्चिमी अफ्रिकी देश सिएरा लियोनको राजधानी फ्रीटाउनमा भएको एक भीषण विस्फोटमा परी ९० जनाभन्दा बढीको ज्यान गएको छ ।

सो घटनामा दर्जनौं घाइते भएको खबर छ । शहरको एक व्यस्त चौकमा एक तेल ट्यांकरको ठक्करका कारण सो विस्फोट भएको हो । स्थानीय मिडियाका तर्फबाट जारी गरिएको तस्वीर र भिडियो फुटेजमा ट्यांकरको वरिपरि सडकमा नराम्ररी क्षतविक्षत शव देखिएको छ ।
सो शहरका मेयर यवोन अकी–सावयेरले ती फुटेजलाई डरलाग्दो बताएका छन् । उनले आफ्नो फेसबुक पोस्टमा सयभन्दा बढीको ज्यान गएको कुरा अपवाह भएको बताउँदै आधिकारिक रूपमा ज्यान जानेको संख्याका बारेमा यकिन जानकारी दिएका छैनन् ।
यसै वर्षको मार्चमा सोही शहरमा की आगलागी हुँदा ८० भन्दा बढीको ज्यान गएको थियो भने ५ हजार बढी बिस्थापित भएका थिए । त्यस्तै सन् २०१७ मा भारी वर्षाका कारण एक हजारभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्