झापा , कात्तिक २० । अमेरिकाको एक म्यूजिक फेस्टिभलमा भागाभाग हुँदा ८ जनाको मृत्यु हुनुका साथै ३ सयजना घाइते भएका छन् ।

अमेरिकी प्रान्त टेक्सासको ह्युस्टन शहरमा आयोजित एक म्यूजिक फेस्टिभलमा गएराति भागाभाग मच्चिएको हो ।
आपातकालीन सेवा दिने अधिकारीका अनुसार म्यूजिक फेस्टिभलको पहिलो राति आयोजित कार्यक्रममा दर्शकहरु स्टेजतर्फ अगाडि बढिरहेका थिए । त्यसक्रममा भागाभाग भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्