बिर्तामोड , कात्तिक २१ । बिर्तामोड ६ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् ।

हिजो साँझ ६.१० बजे बिर्तामोड ६ गिरीबन्धु टी इस्टेट अगाडि राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको रातो रंगको २२० सिसीको पल्सर मोटरसाइकल र बिपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नं.को स्कुटी एक आपसमा जुधेका थिए । दुर्घटनामा स्कुटी चालक मेचीनगर १० बस्ने ४२ वर्षिय डिल्ली कार्की , उनका छोरा १६ वर्षिय मनिष कार्की र अर्को मोटरसाइकलको पछाडि सवार हल्दिबारी ४ का २१ वर्षिय पिजेश लामा घाइते भएका थिए । घाइतेमध्ये स्कुटीको पछाडि सवार मनिष कार्कीको उपचारका क्रममा बिएण्डसी हस्पिटलमा राति ९ बजे मृत्यु भएको हो । अन्य दुई जना घाइतेको पनि सोही हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटना गराउने नम्बर नखुलेको मोटरसाइकलका चालक हल्दिबारी ४ बस्ने २५ वर्षिय नरेश तामाङ फरार रहेको र उनको खाजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्