बिर्तामोड , कात्तिक २१ । शुभदिपावली , छठ , नेपाल संवत तथा ल्होसार पर्वको अवसरमा नेपाली काँग्रेस बिर्तामोड १० नं वडा समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सिटौलाले देशको अहिलेको समसामयिक बिषयमा चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

वडा सभापति मदन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापतिहरु नविन बिमली , गणेश पोखरेल , बिर्तामोड नगर उपसभापति सूर्यप्रसाद कन्दङ्वा , बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई , हिमाल सिटौलालगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा सेल खाने कार्यक्रम गरिएको थियो । पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेवार जातिको लाखे नाच प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्